क्रिकेट

पपुवा न्युगिनीमाथि नेपालकाे दाेस्राे जित

रोहित पौडेल र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

इकागज |
भदौ २५, २०७८ शुक्रवार २२:१६ बजे

फाइल फोटो

काठमाडौँ - नेपालले दोस्रो एकदिवसीयमा पनि पपुवा न्युगिनीमाथि शानदार जित निकालेको छ ।  ओमानको मस्कटमा भएको खेलमा नेपाल १५१ रनको फराकिलो अन्तरले विजयी हो । जितसँगै नेपालले २–० ले सिरिज आफ्नो पक्षमा पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अलआउट हुँदै २३३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ८६, कप्तान ज्ञानेन्द्र मल्लले ४५ र करण केसीले ४२ रन बनाए । २३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पपुवा न्युगिनी १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा सीमित भयो ।


पपुवा न्युगिनीलाई सस्तैमा अलआउट गर्न नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ६ विकेट लिए । नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलेको हो।


Author

थप समाचार
x