क्रिकेट

नेपाल र ओमानबीचको खेल सुरु, कुशल आउट

इकागज |
भदौ २९, २०७८ मगलवार १७:२ बजे

काठमाडौँ - नेपाल र ओमानबीचको एकदिवसीय क्रिकेट शुरु भएको छ । ओमानको मस्कटमा नेपालले टस जितेर ब्याटिङ सुरु गरेको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल भने सुरुमै आउट भएका छन् । उनी खाता खोल्न नसकी आउट भएका हुन् । ओमानका बिलल खानले भुर्तेललाई शून्यमै आउट गरेका हुन् । 
यसअघि हिजो अमेरिकासँगको खेल अर्धशतक प्रहार गरेर प्लेयर अफ दी म्याच बनेका कुशल आजको खेलमा सुरुमै आउट भएपछि नेपाललाई केही दबाब परेको छ । क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेख क्रिजमा छन् । यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । 



Author

थप समाचार
x