क्रिकेट

आइसीसी विश्वकप क्रिकेट लिग-२

करण र सन्दीप चम्किदा ओमान १२१ रनमा अलआउट

इकागज |
असोज ३, २०७८ आइतबार १९:७ बजे

काठमाडौँ - आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । ओमानको मैदानमा घरेलु टोलीका ब्याट्सम्यानलाई नेपालले १२१ रनमै अलआउट गरेको हो ।

उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरले ओमानका कुनै पनि ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । करण केसी र सन्दीप लामिछाने चम्किदा ओमान ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भएको हो । ओमानका लागि कप्तान जिसन मक्सुदले ४१ रन बनाउनु बाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् ।


नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान चार–चार विकेट लिए । यस्तै शरद भेषवाकरले दुई विकेट लिए । नेपालले केही बेरमा १२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ । यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल पराजित भएको थियो । 


Author

थप समाचार
x