क्रिकेट

नेपालले ओमानलाई हरायो

कप्तान मल्लको ब्याट चल्दा करण र सन्दीपको घातक बलिङ !

इकागज |
असोज ३, २०७८ आइतबार २१:५२ बजे

काठमाडौँ - नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिसीय सिरिजमा ओमानलाई ७ विकेटले हराएको छ । ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टाउँदै ७ विकेटको जित हात पारेको हो ।

नेपाललाई जिताउन कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ५२ रनको योगदान दिए । यस्तै आशिफ शेखले ४० रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।


ओमानलाई सस्तैमा अलआउट गर्न नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिएका थिए । जितसँगै नेपाल लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । आज पराजित भएको ओमान भने शीर्ष स्थानमा कायमै छ । 


Author

थप समाचार
x