क्रिकेट

ईपीएलमा काठमाडौँको विजयी सुरुवात

इकागज |
असोज ९, २०७८ शनिबार १५:४६ बजे

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौँ किंग्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा ललितपुर प्याट्रियोट्सलाई ७ विकेटले हराउँदै काठमाडौँले विजयी सुरुवात गरेको हो । 

पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको छ । उसका लागि पवन सर्राफले सर्वाधिक ६१ रन बनाए । काठमाडौँका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए ।


१५८ रनको लक्ष्य शाहिद अफ्रिदी सम्मिलित काठमाडौँले १४ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । काठमाडौँलाई जिताउन र्यान बर्लले अविजित ७३ रनको योगदान दिए । यस्तै रहमनुल्लाह गुर्वाजले ५९ रन बनाए । जितसँगै काठमाडौँले दुई अंक जोडेको छ ।


Author

थप समाचार
x