क्रिकेट

क्वारेन्टिनका कारण दिक्क बनेका जयवर्दने विश्वकपबाट घर फर्कने

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १५:५ बजे

काठमाडौँ- माहेला जयवर्दने हाल श्रीलंकाली क्रिकेट टिमका ‘कन्सल्टेन्ट’ हुन् । संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा जारी टी–ट्वान्टी विश्वकपमा श्रीलंकाली टिमसँगै छन्, जयवर्दने । विश्वकपमा हाल पहिलो चरणका खेलहरू भइरहेका छन् । यो चरणका दुई खेलमा विजयी बन्दै श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेको छ । 

तर सुपर १२ मा श्रीलंकाले आफ्ना खेलहरू खेल्नु अगावै जयवर्दने भने घर फर्कने भएका छन् । पूर्वब्याट्र जयवर्दनेले घर फर्कन लाग्नुको कारण पनि खुलाएका छन् । निरन्तर घर बाहिर रहेको र परिवारलाई समय दिन नपाएकाले आफू श्रीलंका फर्कन चाहेको बताएका छन् । कोभिड–१९ का कारण बनाइएको क्वारन्टिन र अन्य नियमका कारण आफू करिब १३५ दिन घरभन्दा बाहिर रहिसकेको र अब घर फर्कने मनस्थितीमा पुगेको बताएका छन् । 


‘क्वारन्टिन र बायो बबलमा गरी म १३५ दिन एक्ले बसिसकेँ । अब चाहिँ म घर जान चाहन्छु । लामो समयदेखि मैले मेरो छोरीको मुहार नै देख्न पाएको छैन । श्रीलंका फर्केर भिडियो कलमार्फत नै टिमलाई सहयोग बनाउने योजना बनाएको छु,’ जयवर्दनेले भारतीय वेबसाइट स्पोर्ट्स किडासँग भनेका छन् । 
 
 


Author

थप समाचार
x