क्रिकेट

न्यूजिल्यान्ड ५ विकेटले पराजित

टी-ट्‍वान्‍टी विश्‍वकप : पाकिस्तानको लगातार दोस्रो जित

इकागज |
कात्तिक १०, २०७८ बुधवार ६:४० बजे

तस्‍बिर: आइसीसी

काठमाडौं - युएईमा जारी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । सुपर-१२ चरण अन्तर्गत समूह ‘२’ को गएराति भएको खेलमा न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै पाकिस्तानले लगातार दोस्रो जित हात पारेको हो । जितसँगै पाकिस्‍तान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

न्यूजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर १८.४ ओभरमा पूरा गर्‍यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए । शोएब मलिक २६ रनमा अविजित रहे । न्यूजिल्यान्डका स्पिनर ईश सोधीले २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।


यसअघि शारजाह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । न्यूजिल्यान्डका डेभन कन्वेले  सर्वाधिक २७ रन बनाए । कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगे  । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले  सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए । पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x