क्रिकेट

इन्स्टाग्राममा एउटा पोस्टबापत कति लिन्छन् विराट कोहली ?

इकागज |
पुस २४, २०७८ शनिबार २१:२९ बजे

फाइल फोटो

काठमाडौँ - भारतीय कप्तान विराट कोहलीले भारतमा इन्स्टाग्राममा प्रचार गरेबापत सर्वाधिक शुल्क लिनेमा पहिलो स्थान ओगटेका छन् । विराटको इन्स्टाग्राममा हाल १ करोड ७७ लाख फ्लोवर्स रहका छन् । विराटले इन्स्टामा एक पोस्टबापत ६ लाख ८० हजार डलर लिने गरेका छन् । इन्स्टाग्राममा धेरै शुल्क लिनेको लिस्टमा कोहली १९ स्थानमा रहेका छन् ।

विश्वमा सबैभन्दा धेरै इन्स्टाग्राम फ्लोवर्स रहेका क्रिस्टियानो रोनाल्डोले एक पोस्ट बापत १६ लाख ४० हजार लिने गरेका छन् । रोनाल्डोको इन्स्टामा ३ करोड ८८ लाख फ्लोवर्स रहेका छन् ।



Author

थप समाचार
x