क्रिकेट

प्रधानमन्त्री कपः सुदूरपश्चिमको नाममा पहिलो जित

इकागज |
पुस २९, २०७८ बिहीबार १३:३ बजे

काठमाडौं- प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको छ। टियु क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम ४७ रनले विजयी भएको हो । यो हारसँगै कर्णालीले दोस्रो पराजय भोग्यो ।

यसअघि सुदुरपश्चिमले नेपाल पुलिस क्लबसँग दुई रनको पराजय भोगेको थियो । 


आज भएको खेलमा सुदुरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य कर्णालीभे भेट्टाउन सकेन । कर्णाली १९.१ ओभरमा अलआउट भयो । उसले हुदै मात्र १ सय ६ रन मात्रै जोड्यो । 
कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे । चार चौका प्रहर गरेका उनले ४३ बल खेलेका थिए। त्यस्तै २४ बलमा तीन चौका र एक छक्का हिर्काएका अर्जुन घर्तीले ३० रन बनाए। 

सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे । हेमन्त धामीको नाममा दुई विकेट रह्यो । एक–एक विकेट आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीको हात पारे ।  सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो । उसले टस हारेर पहिले ब्याटिङ गरेको थियो।

सुदुरपश्चिमको जितका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन जोडे । चार चौका र एक छक्काको योग दिएका उनले २३ बल खेले । त्यस्तै,वसन्त कार्कीले १७ बलमा २८ रन बनाउदा तीन छक्का प्रहार गरे ।  दिपक बोहराले २५ र खडक बोहराले २२ रन जोडे । 

कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पार्दा रविन्द्र शाही र दिवान पुनले दुई–दुई विकेट र दिनेश अधिकारीले एक विकेट बनाए ।  


 


Author

थप समाचार
x