क्रिकेट

भारतीय टेस्ट टिमको कप्तानीबाट विराट कोहलीको राजीनामा

इकागज |
माघ १, २०७८ शनिवार १९:२१ बजे

काठमाडौँ : भारतीय टेस्ट क्रिकेट टिमको कप्तानीबाट विराट कोहलीले राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले टेस्ट टिमको कप्तानीबाट राजीनामा दिएको बताएका हुन् ।

सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले त्यसयता भारतलाई टेस्ट क्रिकेटको नम्बर एक टिम बनाएका थिए । अहिले पनि भारत नम्बर एक टिम छ । दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका कोहलीले त्यसको केही समयपछि एकदिवसीय क्रिकेट टिमको कप्तानीबाट हटाइएका थिए ।


तर हालै दक्षिण अफ्रिका भ्रमणमा टिमलाई सिरिज जिताउन नसकेका कोहलीले कप्तानीबाटै राजीनामा दिएका छन् । 


Author

थप समाचार
x