क्रिकेट

प्रधानमन्त्री कप: प्रतिष्ठाको खेलमा गण्डकीलाई खाता खोल्ने मौका

इकागज |
माघ २, २०७८ आइतबार १०:५२ बजे

काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी प्रतियोगितामा आइतबार दुई खेल हुने भएको हो ।

आज हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश–१ मैदानमा उत्रदैछन्। अंक तालिकामा पुछारमा रहेको प्रदेश–१ ले सुदूरपश्चिमको सामना गर्दै अंक जोड्ने रणनीतिमा छ । सुदूरपश्चिम ३ खेल खेल्दै २ अंकमा सिमित छ । यो समूह ‘ए’ मा छ।


त्यस्तै दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध खेल्दैछ । समूह ‘बी’ मा रहेको लुम्बिनीले ३ खेलबाट २ अंक जोडेको छ। लुम्बिनी चौथो स्थानमा छ । तीन खेल खेलेको गण्डकी पुछारमा छ । लुम्बिनीलाई हराएर अंकको खाता खोल्ने दाउमा गण्डकी छ।

समूह ‘बी’बाट सशस्त्र प्रहरी बल (एपीएफ) र वाग्मती प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका कारण आज हुने यो खेल प्रतिष्ठाको लडाईं मात्र हो । 
दुबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । 
 


Author

थप समाचार
x