क्रिकेट

आईसीसी अन्डर–१९ विश्वकपः

क्वार्टरफाइनलमा भारतको भेट बंगलादेशसँग, पाकिस्तानले अस्ट्रेलियाको सामना गर्ने

इकागज |
माघ ९, २०७८ आइतबार १४:४५ बजे

काठमाडौँ- वेस्ट इन्डिजमा जारी आईसीसी अन्डर–१९ विश्वकपको सुपर–लिग क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम आठमा स्थान पक्का गरेका टिममध्ये पाँच टिम एसियाका छन् । यस्तोमा क्वार्टरफाइनलका दुई भिडन्तमा चार एसियाली टिम आमनेसामने हुँदैछन् । 

उमेर समूहको दोस्रो क्वार्टरफाइनलमा बिहीबार श्रीलंकाले अफगानिस्तानको चुनौती सामना गर्नेछ भने अन्तिम क्वार्टरफाइनलमा भारत र डिफेन्डिङ च्याम्पियन बंगलादेशबीच शनिबार प्रतिस्पर्धा हुनेछ । बाँकी दुई क्वार्टरफाइनलमा क्रमशः इंग्ल्यान्ड र दक्षिण अफ्रिका (बुधबार) तथा पाकिस्तान र अस्ट्रेलिया (शुक्रबार) भिड्नेछन् । 


उता प्लेटतर्फको पहिलो क्वार्टरफाइनलमा संयुक्त अबर इमिरेट्स (यूएई) र युगान्डा भिड्दैछन् भने दोस्रो क्वार्टरफाइनलमा आयोजक वेस्ट इन्डिजको भेट पपुवा न्युगिनीसँग हुनेछ । आन्तिम आठका बाँकी दुई भिडन्तमा आयरल्यान्डले क्यानडाको र जिम्बावेले स्कटल्यान्डको सामना गर्नेछन् । 
 


Author

थप समाचार
x