क्रिकेट

सन्दिप लामिछाने आइपीएल अक्सनमा बिकेनन्

इकागज |
फागुन ६, २०७७ बिहीबार १८:५५ बजे

फाइल तस्बिर

काठमाडौँ  : नेपाली राष्ट्रिय टिमका सन्दीप लामिछाने यसपटक कुनै पनि इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने क्लबको नजरमा परेनन् । भारतको चेन्नाईमा बिहीबार सम्पन्न मिनी अक्सनमा लामीछानेलाई खरिद गर्न कुनैपनि क्लबले खरिद गर्न भाउ लगाएनन् । 

यसअघि तीन सिजन सम्म दिल्ली क्यापिटल्ससँग रहेका लामिछानेको आधार मुल्य ४० लाख तोकिएको थियो । उनी पहिलो चरणको अक्सनमा बिक्री नभए पनि दोस्रो चरणमा भने क्लबहरुको आखाँमा पर्ने अनुमान गरिएको छ । दिल्लीले रिलिज गरेपछि लामिछाने कुन क्लबसँग आबद्ध हुन्छन् भन्‍ने चासो थियो । 


नेपाल क्रिकेट संघ (क्यान) ले आइपीएल अक्सनका लागि लामिछाने सहित आठ खेलाडीको नाम लागि सिफारिस गरेको थियो । जसमा विनोद भण्डारी, सोमपाल कामी, करण केसी, शरद भेषवाकर, कुशल मल्ल, अविनाश बोहोरा र दिपेन्द्र सिंह ऐरी रहेका थिए । अक्सनका लागि कुल दुई सय ९२ खेलाडी सूचीकृत थिए ।  


Author

थप समाचार
x