क्रिकेट

‘अर्जुन तेन्दुलकर पिताको नामले आइपीएलमा परेका होइनन्’

इकागज |
फागुन ७, २०७७ शुक्रबार १५:३७ बजे

काठमाडौँ  : भारतीय क्रिकेटमा चर्चा बटुलेका युवा खेलाडी मध्येका एक हुनु, अर्जुन तेन्दुलकर । सचिन तेन्दुलकरका छोरा भएकाले पनि अर्जुनको चर्चा स्वभाविक हो । तर त्यसले अर्जुन माथि दबाब पनि सिर्जना गरेको छ । उमेर समूह र स्थानिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने । जसमा उनी असफल छैनन् । 

फलस्वरुप अर्जुनलाई यसपटकको इन्डियन प्रिमियर लिग (आइपीएल) अक्सनमा पनि राखियो । मुम्बई इन्डियन्सले उनलाई खरिद गर्ने अपेक्षा गरिएको थियो । भयो पनि त्यस्तै । आधार मूल्य २० लाख भएका दायाँ हाते पेसरलाई खरिद गर्नुको कारण दिँदै मुम्बईका मुख्य प्रशिक्षक महेला जयबर्ध्दनेले भने, ‘हामीले उनलाई खेल स्तर र कौशलकै आधारमा अनुबन्ध गरेका हौँ । उनका लागि आइपीएल सिकाइको माध्यम पनि बन्न सक्छ । सचिनको छोरा भएकाले उनीमाथि दबाब हुनसक्छ । तर उनी बलर हुन्, ब्याट्सम्यान होइन । त्यसकारण उनले दबाब महसुस नगरी खेल्न सक्छन् । सचिन आफै पनि अर्जुनको बलिङ कौशल देखेर गर्ब महसुस गर्न सक्छन्,’ जयबर्ध्दनेले भने ।


अर्जुनले स्थानिय क्रिकेट मुम्बईबाट खेल्दाखेल्दै फ्रेन्चाइज प्रतियोगितामा मौका पाउनु उनको करियरको ग्राफ उकालो लाग्नु हो । ‘अर्जुन युवा प्रतिभा हो । आइपीएल उसको लागि राम्रो प्लाटफर्म हो । सिक्ने मौका हो । हामी उनलाई पर्याप्त समय दिन तयार छौँ । जसका कारण उनले दबाब महसुस नगरी अघि बढ्न सक्छन्,’ जयबद्र्धनेको भनाई थियो । गत संस्करणको आइपीएलका लागि मुम्बईको अभ्यास दौरान अर्जुनलाई नेट बलरका रुपमा उपयोग गरिएको थियो । बिहीबार सम्पन्न अक्सनमा अर्जुन बिक्रि हुने अन्तिम खेलाडी थिए । 


Author

थप समाचार
x