क्रिकेट

युगाण्डाविरुद्ध नेपालले बलिङ गर्दै

इकागज |
जेठ २, २०७९ सोमवार १२:४८ बजे

काठमाडौँ – युगाण्डाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली महिला क्रिकेट टिमले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपालले पाहुना टोली युगाण्डाविरुद्ध ५ खेलका अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ । नेपाली महिला टोलीले पहिलो पटक सिरिज खेल्न लागेको हो ।


यसैबीच, नेपालका लागि अस्मिना कर्माचार्यले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेकी छन् । 

युगाण्डाविरुद्ध नेपालको प्लेइङ ११ :  कप्तान रुविना क्षेत्री, इन्दु बर्मा, ज्योती पाण्डे, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु रावल ।


Author

थप समाचार
x