क्रिकेट

युगाण्डाले दियो नेपाललाई १०३ रनको लक्ष्य

इकागज |
जेठ २, २०७९ सोमबार १४:३२ बजे

काठमाडौँ – पाहुना टोली युगाण्डाको महिला क्रिकेट टिमले पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाललाई १ सय ३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन जोड्यो ।

युगाण्डाका लागि जानेट मबाबाजीले सर्वाधिक २९ रनको योगदान गरिन् । केभिन अविनोले १५ र फ्रान्कलिन नाजुम्वाले १२ रन जोडिन् । रिता मुसामालीले १३ रन बनाइन् ।


नेपालका लागि कविता कुँवरले दुई विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एक-एक विकेट हात पारे ।


Author

थप समाचार
x