अपराध

अमेरिकी डलर र कौडासहित ६ जुवाडे बूढानीलकण्ठबाट पक्राउ

इकागज |
जेठ ६, २०७९ शुक्रबार १५:४५ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत ६ जनालाई बिहीबार राति पक्राउ गरेको हो । 


पक्राउ परेकासँग प्रहरीले नेपाली रु ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ ।

यस्तै तारकेश्वर नगरपालिका–५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित छ जनालाई पक्राउ गरेको हो ।

 पक्राउ परेकासँग प्रहरीले रु २३ हजार ३६० नगद र तीन बुक तास बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस


Author

थप समाचार
x