मकवानपुरका ३ जना प्रहरीको नियन्त्रणमा
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम र लागूऔषध नाईट्रोभेट १५० ट्याबलेट सहित ३ जना मानिसहरु नियन्त्रणमा लिएको प्रवक्त प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
मकवानपुर हेटौडा उपमहानगरपालिका १५ पिपलबोटस्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा सम्भावित लागु औषध भेटिएपछि प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना १४ प ३१६४ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौडा ११ बस्ने २८ वर्षिय सविन पहाडीले लुकाई ल्याएको लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम फेला परेको बताएको छ ।
यसैगरी हेटौडा ४ पारिजातपथस्थित पैदल हिडिरहेका हेटौडा ५ शान्तिनगर बस्ने १९ वर्षीय युवराज चौलागाईलाई पनि शंकास्पद लागेर जाँच गर्दा निजले लगाएको पाईन्टको खल्तीमा लुकाइएको लागूऔषध नाईट्रोभ्याट ४५ ट्याबलेट फेला पारेको पछि प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौडा १० बसपार्कमाबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौडा ११ थानाभर्याङ डेरा गरी बस्ने ३३ वर्षीय लक्ष्मण घलानलाई पनि नियन्त्रणमा लिएको छ ।
घलानको झोला जाँच गर्दा लागु औषध नुर्फिन १०० एम्पुल, डाइजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाईट्रोभेट १०५ वटा ट्याबलेट फेला परेकोले लागु औषध सहित उनलाई नियन्त्रणमा लिएको प्रवक्त कार्की बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया