बलात्कार आरोपित पाण्डेलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ– आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई काठमाडौँ जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनलाई मानव बेचबिखन तथा ओसारपसार र बालबालिका विरुद्धको कसूरमा मुद्दा चलाउने तयारी भइरहेको छ ।
पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ गरेको थियो ।
युवतीले गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।
मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ । १६ वर्षको हुँदा आफूमाथि ६ महिनासम्म पाण्डेले यौन शोषण गरेको उनको आरोप छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया