अपराध

४ क्वीन्टल गाँजा र मिनी ट्रकसहित एक जना प्रहरीको नियन्त्रणमा

इकागज |
जेठ ९, २०७९ सोमबार १७:५२ बजे

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका पालुङबाट प्रहरीले ४ क्वीन्टल गाँजा र मिनी ट्रक बरामद गरेको छ । थाहा नगरपालिकाको वडा ३ बाट ४ सय २२ किलो लागूऔषध गाँजा मिनी ट्रक नियन्त्रणमा लिएको हो ।

यसैगरी प्रहरीले हेटौंडाबाट ३३ बोतल लागुऔषध वनरेक्ससहित १ जना नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा थाहा नगरपालिका वडा नं ३ बायोखोला स्थित डाँडाबास जाने पालुङ पक्की सडकको छेउमा बेवारिसे अवस्थामा रोकी राखेको मिनी ट्रक नियन्त्रणमा लिएको हो ।


प्रहरीले ना ६ ख ३२४३ नम्बरको महेन्द्रा कम्पनीको मिनी ट्रकको पछाडी तर्फ सामान लोड गर्ने भागमा सेतो रङ्गको १४ वटा बोराहरु भित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाँधिएको २८ प्याकेटमा ४ सय २२ किलो लागू औषध गाँजा फेला पारेको मकवानपुर प्रहरी प्रवत्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

प्रहरीले गाँजा बरामद गरी मिनीट्रकलाई नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरीले आजै मकवानपुरगढी गाउँपालिका ४ घर भई हाल हेटौडा १ बस्ने ३९ वर्षीय रामकृष्ण लो लाई पनि नियन्त्रणमा लिएको छ । लोले आफू बस्ने डेराको पलाङ मुनी लुकाई राखेको अवस्थामा लागुऔषध पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । लो बस्ने कोठाबाट वनरेक्स ३३ बोतल बरामद गरीएको र उनलाई पनि थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको कार्कीले बताए ।


Author

थप समाचार
x