अपराध

श्रीमतीको हत्या गरेको अभियोगमा मोरङमा श्रीमान पक्राउ

इकागज |
जेठ १२, २०७९ बिहीबार १७:५१ बजे

फाइल फोटो

मोरङ - आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 


श्रीमतीको हत्या गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीउपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x