अपराध

नौ लाख ५० हजार स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

इकागज |
जेठ १२, २०७९ बिहीबार १९:५७ बजे

पर्सा - पर्सामा नौ लाख बढी रकमसहित हुण्डी कारोबार गर्ने अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार साँझ रक्सौलबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा भारतीय नागरिक वर्ष ४१ का संजय राम पक्राउ परेका छन् । 

ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटमा खटिएको टोलीले नियमित चेकिङको क्रममा प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको रातो कालो पल्सर मोटरसाइकलमा हरियो प्लाष्टिकको झोलाभित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रुपैयाँ नौ लाख  ५० हजारसहित रामलाई पक्राउ गरिएको हो ।


उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा  पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको  प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x