अपराध

१३ वर्ष अघिको कर्तव्य ज्यान मुद्दाका आरोपी पक्राउ

इकागज |
जेठ १३, २०७९ शुक्रबार १९:५ बजे

फाइल फोटो

भक्तपुर - कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आज भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटनाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३८ वर्षका कैलास कार्कीलाई पक्राउ गरेको हो ।


घटना विसं २०६६ मा भएको थियो । उनलाई आवश्यक कारवाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको व्यूरोले सूचना जारी गरी जनाएको छ । 


Author

थप समाचार
x