कुटपिट गरेर फरार भएका अठार वर्षपछि पक्राउ
फाइल फोटो
सप्तरी - सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका ४२ वर्षीय लालदेव यादव १८ वर्षपछि आज पक्राउ परेका छन् । अदालतले कैद र जरिवानाको फैसला गरेपश्चात् फरार रहेका यादवलाई १८ वर्षपछि गाउँघरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
कुटपिट मुद्दामा सप्तरी जिल्ला अदालतले २०६१ असार १० गते यादवलाई तीन महिना कैद र ७२५ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत राजविराजले समेत विसं २०६४ असार ४ गते सो फैसला सदर गरेको थियो । उनीविरुद्ध सोही ठाउँका दीपेन्द्रकुमार यादवले उजुरी दिएका थिए ।
पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया