अपराध

नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौँको जग्गा बिक्री

इकागज |
असार ५, २०७९ आइतबार १८:१३ बजे

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । 

व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।


उनीहरुले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्री गरेको अनुसन्धानबाट खुलेको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले जानकारी दिए । 

जग्गा बिक्री गर्ने क्रममा शान्तादेवी नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाइएको र नक्कली छोरी खडा गरि नक्कली विवाद दर्ता प्रमाणपत्र समेत पेश भएको अनुसन्धानबाट खुलेको महत्तोले बताए । लामो समय नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा प्रमाणपत्रलाई डिजिटल बनाउ खोज्दा आफ्नो नाममा नभएको पाइएपछि व्यूरोमा पुगेको र थप अनुसन्धान गर्दा किर्ते कागजात बनाएर बेचिएको पाइएको महत्तोले जानकारी दिए ।

पक्राउ परेका मध्ये गणेशबहादुर खनाल मुख्य योजनाकार रहेको खुलेको व्यूरोले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबारे थप अनुसन्धान समेत भइरहेको व्यूरोको भनाई छ । 


Author

थप समाचार
x