अपराध

मनोज पाण्डे पुर्पक्षका लागि कारागार चलान

इकागज |
असार ६, २०७९ सोमबार १८:४ बजे

काठमाडौँ- सौन्दर्य प्रतियोगिताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्‍न आदेश दिएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पाण्डे विरूद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । 


पाण्डे विरूद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।  बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रूपैयाँ धरौटी माग गरिएको छ । 

८ वर्ष अघिको एक सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । 


Author

थप समाचार
x