बाफलमा २० वर्षीय युवकमाथि चक्कु प्रहार, दुई जना पक्राउ
काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिकास्थित बाफलमा एक जना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुई जनाले चक्कु प्रहार गरेका हुन् ।
उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएका थिए । खानलाई कालिमाटीको माछा बजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको ती युवकको आरोप छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया