श्रीमती हत्या ठहर भएका व्यक्तिलाई २२ वर्ष कैद
मकवानपुर- श्रीमतीको हत्या गरेको ठहर भएपछि जिल्ला अदालत मकवानपुरले एक व्यक्तिलाई २२ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा-२ खोलाखेतका देवराज गोलेलाई श्रीमती श्रीमाया गोलेको हत्या गरेको ठहर गर्दै उक्त कैद सजायको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको सोमबारको इजलासले ४६ वर्षीया श्रीमतीलाई मादक पदार्थ सेवन गरेर देवराजले २०७७ माघ ४ गते राति घरमै हत्या गरेका थिए ।
कुटपिटबाट श्रीमायाको मृत्यु भएपछि भर्याङबाट लडेर मृत्यु भएको भनेर छिमेकीहरूलाई गोलेले ढाँटेका थिए । प्रहरीको अनुसन्धानबाट गोलेले नै हत्या गरेको ठहर गरेको थियो । गोले अहिले भीमफेदी कारागारमा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया