अपराध

स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएकाे सुन बरामद

इकागज |
असार १०, २०७९ शुक्रबार १७:४७ बजे

काठमाडौँ- सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ ।    
    
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार पक्राउ परेका सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर लुकाई ल्याएका उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।    
 



Author

थप समाचार
x