अपराध

श्रीमानले गरे श्रीमतीको हत्या

इकागज |
असार १०, २०७९ शुक्रबार १९:५३ बजे

बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिका-२ डाडाकटेरीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार दिउँसो साढे २ बजे मालारानी-२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताए।


दुईजना घरबाट नजिकैको जंगलमा घाँस दाउरा लिन भनी संगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर 'श्रीमतीको हत्या गरे' भन्दै इलाका प्रहरी कार्यालय आत्मसमर्पण गरेका थिए। प्रहरी निरीक्षक पौडेलले भने घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।


Author

थप समाचार
x