किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
उदयपुर- १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । कटारी नगरपालिका-६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
ती किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हाल फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया