मोरङबाट ८ किलो गाँजासहित तीन जना पक्राउ
फाइल फोटो
काठमाडौँ - मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिँडिरहेका तीन युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुरिगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई,२९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुले बोकेको जेब्रा झोलामा ८ किलो गाँजा फेला पारेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया