अपराध

लागूऔषधसहित धरानका एलिस  पक्राउ

इकागज |
असार १५, २०७९ बुधवार १६:४२ बजे

फाइल फोटो

सर्लाही - सर्लाहीको कविलासी नगरपालिका ८ स्थित मलंगवा–नवलपुर सडकखण्डबाट असार १३ गते सशस्त्र प्रहरीले १ हजार २ सय वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ६ बस्ने १८ बर्षिय एलिस राई छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।


गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा निज राईको साथमा उल्लेखित लागूऔषध फेला पारिएको हो ।

पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हरिपुरमा बुझाइएको छ ।


Author

थप समाचार
x