अपराध

कीर्तिपुरमा १३ वर्षीया बालिका बलात्कृत

इकागज |
असार १६, २०७९ बिहिवार १४:१६ बजे

काठमाडौं- काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । 

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x