अपराध

खोटाङमा पाँच वर्षीया बालिका बलात्कृत

इकागज |
असार १६, २०७९ बिहीबार २०:४६ बजे

फाइल तस्बिर

खोटाङ- खोटाङमा पाँच वर्षीय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ वर्षीय पक्राउ परेका हुन् । 

उनी बालक नै रहेका कारण नाम नखुलाइएको प्रहरीले जनाएको छ । उनले सोही गाउँकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।


बालिका आफ्नै घरमा खेलिरहेका बेला ललाई फकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए । परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको बाक्सिला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका-५ शप्तेश्वरबाट बिहीबार बिहान २ बजे राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


Author

थप समाचार
x