अपराध

ब्राउन सुगरसहित दुई जना पक्राउ

इकागज |
असार १७, २०७९ शुक्रवार १९:२५ बजे

जनकपुरधाम । धनुषा प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक युवतीसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरूमा सप्तरीको खडक नगरपालिका–८ खोजपुरकी २४ वर्षीया रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका २ का ३० वर्षीय मो. आरिफ हुसेन रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गोप्य सूचनाको आधारमा बिहिवार साँझ करिब ५ बजे लागूऔषध ब्राउन सुगर सहित व्यक्ति हिडिरहेको ती दुवै जनालाई जनकपुरधाम उप–माहानगरपालिका–९ थापा चोकबाट वेल्ही जाने भित्री सडकमा दुवैजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।


मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । उनीहरुबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलिग्राम बरामद गरेको प्रवक्ता क्षेत्रीले बताएका छन । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Author

थप समाचार
x