अपराध

मोटरसाइकल चोरी गर्ने गिरोहका नाै जना पक्राउ

इकागज |
असार १८, २०७९ शनिबार २०:५८ बजे

दाङ- दाङ प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

बुटवल लगायत विभिन्‍न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङमा ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 


पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षकै क्रम बस्नेत, १६ वर्षीय रतन बस्नेत, १६ वर्षकै नसिब अहमद, १५ वर्षीय वरुण कुमाल, १९ वर्षीय अनिल सिंह ठकुरी, १९ वर्षकै लक्ष्मण बिस्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसीयम सिंह ठकुरी रहेका छन् ।

उनीहरूले विभिन्‍न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई विभिन्‍न गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिए ।


Author

थप समाचार
x