श्रीमानबाटै चरित्र हत्या...
काठमाडौँ- श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लिल क्याप्सन सार्वजनिक गरी चरित्र हत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईंलाई पक्राउ गरिएको हो ।
प्रहरीको साइबर ब्यूरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ । यस्तै ब्यूरोले सामाजिक सञ्जालमा चार नाबालिकाको तस्बिर प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल शब्द प्रयोग गरी पीडितको आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गर्नै अर्का व्यक्ति पनि पक्राउ गरेको जनाएको छ ।
यसरी चरित्र हत्या गर्नेमा सिन्धुली जिल्लाको रातोगुराँसे घर भई काठमाडौँको कीर्तिपुर बस्ने विकास भन्ने राजेश विक रहेका छन् । दुवैमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया