मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
पर्सा- मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१४ घर भएका ४२ वर्षीय बाबु घिसिङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिका-१६ बाट भारततर्फ जान लागेका घिसिङ र २२ वर्षीय युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको उपस्थितिमा नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा घिसिङले युवतीलाई भारतको कलकत्ता स्थित अस्पतालमा मासिक ६० हजार रूपैयाँको काम लगाइदिने प्रलोभन देखाई काठमाडौँमा असार २७ गते भेटी सोही दिन वीरगन्ज बसपार्क ल्याएको खुलेको थियो ।
चेकपोस्टमा ‘बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको’ भन्नू भनी सिकाई गलफतमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको अनुसन्धानमा खुलेको छ ।
उनीमाथि मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया