फेसबुकबाट चरित्रहत्या गर्ने काभ्रेका ट्याक्सी चालक पक्राउ
फाइल फोटो
काठमाडौँ - लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो । उनीमाथि आज अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।
उनले नक्कली फेसबुक एकाउन्टबाट ती व्यक्तिको फोटो राखी म्यासेन्जरमार्फत उनका साथीहरुसँग कुराकानी गरी पैसासमेत मागेको खुलेको छ । उनले पीडितको बारेमा अफवाहसमेत फैलाएको पाइएको ब्युरोले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया