अपराध

खैरो हेरोइनसहित तीन भारतीय पक्राउ

इकागज |
साउन ६, २०७९ शुक्रबार ६:४९ बजे

कैलाली - लागुऔषध खैरो हेरोइनसहित ३ भारतीय नागरिक पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरवस्तीबाट भारतको लखिमपुर पलियाका २८ वर्षीय सुमित गुप्ता, सोही ठाउँ बस्ने २४ वर्षीय लबी गुप्ता र सोही ठाउँका २७ को बबी महेन्द्रुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


उनीहरूको साथबाट ७८.३७ ग्राम खैरो हेरोइन र भारतीय रुपैयाँ १५ हजार बरामद गरिएको प्रहरीले बताएको छ। लामो समयदेखि उक्त नाका भएर लागुऔषधको कारोबार भैरहेको सुचना पाएपछि प्रहरीले सकृय हुँदै आएको थियो ।

प्रहरीले उनीहरु मुख्य सप्लायर्स नै भएको बताउदै थप अनुसन्धान भइरहेको बताइएको छ।


Author

थप समाचार
x