बैंकको कर्मचारी हुँ भन्दै वृद्ध भत्ता लिएर फरार भएका युवक पक्राउ
जनकपुरधाम- बैंकको कर्मचारी हुँ भन्दै एक वृद्धा महिलाको रकम लिएर फरार भएका एक युवकलाई धनुषाबाट प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो करिब डेढ बजेको समयमा विदेह नगरपालिका १ की ७३ वर्षीया कुम्हिया देवी भिनवारको वृद्ध भत्ता रकम लिएर फरार भएका कमला नगरपालिका-२ माचीका २३ वर्षीय सन्तोषकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
कुम्हिया देवी सो नगरपालिकाको वडा नं. ३ स्थित एनआइसी एसिया बैंकबाट वृद्ध भत्ता निकाल्ने बेलामा बैंककाे कर्मचारी हुँ भन्दै युवक ठाकुरले २४ हजार रुपैयाँ लिएर फरार भएका थिए । प्रहरीले ती वृद्धा महिलाले बताएको हुलियाको आधारमा खोजतलास गर्दा राति ११ बजे २० हजार नगदसहित कमला नगरपालिका २ माची स्थित रहेको राजवंशी कोल्ड स्टोर नजिकबाट युवकलाई पक्राउ गरेको थियो ।
वृद्ध भत्ता निकाल्न गएको बेला कुम्हिया देवीलाई ठाकुरले 'म बैंकको कर्मचारी हो तपाईको चेक बुक ल्याउनु म रूपैयाँ निकाल दिन्छु' भनि यादवसँग चेक बुक लिई बैंकबाट २४ हजार रुपैयाँ लिएर फरार भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया