अपराध

अदालतबाट २३ लाख जरिवाना ठहर भएकी निशा गुरुङ पक्राउ

इकागज |
साउन १०, २०७९ मंगलबार १९:९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख १४ हजार २५० जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनले २३ लाख १४ हजार २५० नगद र पाँच दिन कैद सजाय ठहर गरेका कास्कीको पोखरा महानगरपालिका–१७ घर भई हाल काठमाडौँको बाफल बस्दै आएकी ४२ वर्षीय निशा गुरुङलाई आज पक्राउ गरेको हो ।


ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङजन्य कसुर गरेकाले आज टोखाबाट पक्राउ गरिएको जानकारी दिए । 

अदालतले पक्राउ परेकी निशालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उक्त फैसला गरेको थियोे । पक्राउ परेकी निशालाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए । 


Author

थप समाचार
x