सिरहामा १५ वर्षीया किशोरी बलात्कृत
फाइल तस्बिर
सिरहा- सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका-१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्रकुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया