अपराध

चर्पी निर्माणका लागि खनिएको खाल्डोमा भेटियाे युवकको शव

इकागज |
साउन १६, २०७९ सोमबार १८:० बजे

फाइल तस्बिर

सर्लाही- सर्लाहीको हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका-३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षीय सुशीलकुमार यादवको हत्या भएको हो । 

सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।


प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जनाएको छ । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए । गत शुक्रबारदेखि उनी घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीलाई खबर गरेको थिएन ।


Author

थप समाचार
x