लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा- लागूऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका–७ ठेगाना भएका २७ वर्षीया मनजिता सहनीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत झापाले २०७५ माघ १६ गते लागुऔषध मुद्दामा उनलाई २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढी उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया