अपराध

बाघको छालासहित चार जना पक्राउ

इकागज |
साउन २०, २०७९ शुक्रबार ११:५२ बजे

कैलाली - प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ। बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्र सिंह भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेशप्रकाश जोशीले उनीहरूलाई चेकजाँचका क्रममा गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको बताए ।

उक्त जीप बुडरबाट धनगढी तर्फ जाँदै गरेको अवस्थामा उनीहरूको साथबाट बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको डिएसपी जोशीले बताए । पक्राउ परेका चारै जनालाई थप कारवाहीका लागि जिल्ला वन कार्यालय कैलाली पठाइने डिएसपी जोशीले बताए ।


Author

थप समाचार
x