जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
प्रतिकात्मक तस्वीर
तेह्रथुम । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । छथर गाउँपालिका-२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया