अपराध

फरार प्रतिवादी पक्राउ

इकागज |
साउन २०, २०७९ शुक्रवार १४:२१ बजे

सुर्खेत- सुर्खेत प्रहरीले छुट्टाछुट्टै मुद्दामा लामो समयदेखि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ ।

प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका बराहताल गाउँपालिका-८ का मदन भण्डारीलाई भट्टेघारीबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका प्रतिवादी भण्डारीलाई सुर्खेत जिल्ला अदालतले २ वर्ष १० महिना २४ दिन कैद सजाय तोकेको थियो । त्यसैगरी प्रहरीले अर्का वन मुद्दामा फरार रहेका वीरेन्द्रनगर-२ का नरेश रोकायालाई पक्राउ गरेको छ ।


उनलाई सुर्खेत जिल्ला अदालतले २ महिना ८ दिन कैदसँगै ९ नौ हजार ४ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो । अदालतले कैद फैसला सुनाए पनि उनीहरु लामो समयदेखि फरार थिए । कर्णाली प्रदेश ब्यूरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरी कैद भुक्तानका लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।


Author

थप समाचार
x