अपराध

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

इकागज |
साउन २१, २०७९ शनिबार १७:५२ बजे

काभ्रेपलाञ्चोक-  नमोबुद्ध नगरपालिका- १० पुरानोगाउँ बस्‍ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका- ९ बस्‍ने ३३ वर्षीय प्रेम श्रेष्ठ लगायत १० जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९६ हजार ३ सय ६० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 


Author

थप समाचार
x